प्रदेश प्रमुखले भने— “म परिबन्धनमा परेको छु”

अशोक विश्वकर्मा / दुलेगौडा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले नेपाली राजनिज्ञहरुको बोलीमा स्थिरता नभएको बताएका छन् । समृद्धीको कुरा बारम्वार गर्नेहरुले नै अशान्ति र अस्थिरता निम्त्याएको भन्दै प्रदेश प्रमुख शेरचनले अलमलको वातारण सिर्जना भएको बताए । शनिबार दुलेगौडाका साहित्यकार शेषमणी आचार्यद्धारा लिखित “हामी” कविता संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले नेपालमा विकशित राजनीतिको बारेमा नागरिकहरुले बुझ्न गरि कमल चलाउन साहित्यकारहरुलाई आग्रह गरे । “अहिले म परिवन्धनमा परेको छु, मैले भन्नुभन्दा तपाईहरुले लेख्न सजिलो छ, लेख्दिनुहोस्” उनले भने “मेरो तपाईहरुलाई आग्रह छ, यो मेरो अन्तरमन देखिको आग्रह हो ।”

शेरचनको भनाईले नेपालमा सिर्जित राजनीतिक घटनाक्रममा बारेमा यथार्थ बोल्न प्रतिवन्ध लगाइएको बुझ्न सकिन्छ । उहाँले सर्जकहरुलाई देश टुक्रन सक्ने स्थिती देखा परेको भन्दै राष्ट्रियता जोगाउन एक हुन आग्रह गर्नुभयो । लेख र रचनाका माध्यामबाट शसक्त कमल चलाउन आग्रह गर्दै उहाँले देशको बागडोर सम्हाल्नेहरुलाई सचेत बनाउनुपर्ने बताए ।

उनले परनिर्भरता हटारएर देशका विकास गर्नका लागि प्राकृतिक स्रोत र साधनहरुको समुचित उपयोग हुनुपर्नेमा जोड दिए । समृद्ध नेपालका सपना पुरा गर्न प्राकृतिक स्रोतका परिचालन आवश्यक रहेको भन्दै शेरचनले त्यसका लागि राष्ट्रिय एकता र सहमतिको विकल्प नभएको बताए ।

साहित्यकार आचार्यले सामाजिक हितमा सोच्नुपर्ने भाव सहितको कविता संग्रह सार्वजनिक भएको भन्दै सामुहिक हितमा सोच बनाउन आवश्यक रहेको बताउनुभयो । शुक्ला साहित्य संगमको आयोजनामा भएको विमोचन कार्यक्रममा सर्जक आचार्य सहित यहाँका साहित्यकारहरु टुकादेवि आचार्य, जनार्दन दाहाल लगायतले कविता संग्रह उत्कृष्ट भएको प्रतिकृया दिएका थिए ।

आयोजक सस्थाको नियमित काब्य शृङ्खलाको १७६ औँ भाग समेत रहेको उक्त अवसरमा सहभागि भएका गण्डकी प्रदेश भित्रका साहित्यकारहरुले आफ्ना रचनाहरु बचन गरेका थिए । संगमबा अध्यक्ष बेणुप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खैरेनी माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरे, गितल प्रतिष्ठान तनहुँका अध्यक्ष आकाश अधिकारी, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदास, साहित्यकारहरु जिवन सागर, ऋषिराम लम्साल, अनुप लामिछाने, कल्पना गैह्रे सुवेदी लगायतका स्रष्टाले सिर्जना बाचन गरेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button