संसद विघटनले लोकतन्त्र धरापमा : पुर्वमन्त्री पुन

सानेबहादुर नेपाली / दमौली । नेकपा नेता तथा पूर्वमन्त्री वर्षमान पुनले प्रतिनिधी सभा विघटनले लोकतन्त्र नै धरापमा परेको बताउनुभएको छ ।

शनिबार दाहाल–नेपाल नेकपाद्धारा दमौलीमा आयोजना गरेको संसद विघटन विरुद्धको सभालाई सम्बोधन गर्दै पुनले सो कुरा बताउनुभएको हो । प्रतिनिधी सभाको विघटनले लोकतन्त्रनै धरापमा परेकोले लोकतन्त्र र संविधानको रक्षाको लागि काँग्रेस र नेकपा सयुक्त रुपमा मिलेर आन्दोलनका कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो ।

काँग्रेसको आधिकारी लाईन संसद पुर्नस्थापना हुनु पर्ने उनको भनाई थियो । बाच्छा खाने बाघले माउ पनि खान्छ यस्तो घटनाले काँग्रेसलाई पनि असर पर्छ त्यसतर्फ सचेत रहन पुनले आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एउटै गुटको व्यक्तिलाई धेरै अधिकार दिदाँ यो अवस्था आएको औल्याउनुभयो । प्रधानमन्त्रीले आफ्नो अनुकुलको राष्ट्रपति,राष्ट्रिय सभाको अध्यक्ष तथा विभिन्न आयोगमा नियुक्त दिँदा स्वच्छाचारी भएको झाँक्रीले आरोप लगाउनुभयो ।

‘एकै गुटको नभएको भए संविधान रक्षाको लागि सहज हुने थियो, झाँकीले भन्नुभयो केपीलाई सजिलो बनाउँदा देशनै अप्ठ्रोमा प¥यो ।
नेकपा केन्द्रीय सदस्यहरु हरिबहादुर चुमान, पिएल श्रेष्ठ, आशा कोईराला लगायतका बक्ताहरुले सरकारको नियमित काम गर्न भन्दा पनि भेला जम्मा गर्ने र सम्बोधनमा समय खेर फाल्ने गरेको उनले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button