ढोरबाराही मन्दिर प्रवद्र्धनमा पुर्वाधार विकासलाई जोड

हरि खरेल / दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र ढोरबाराही मन्दिरको प्रर्वद्धनका लागि पुर्वाधार विकासलाई जोड दिदै आएको पाईएको छ ।

प्रत्येक दिन ढोरबाराही मन्दिर दर्शनका लागि सयौको संख्यामा भक्तजनहरु पुग्ने गरेका छन् । मन्दिर दर्शन गर्न आउने क्रममा सडक, विवाह मण्डल भवन, पार्किङ्ग लगायतको असुविधा रहेपछि भौतिक र पुर्वाधार विकासलाई जोड दिदै निर्माण कार्य गरिएको शुकलागण्डकी नगरपालिका वडा नं.९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

प्रत्येक बर्ष बर्षातको पानी र पहिरोका कारण सवारी साधनमा आउने पर्यटक एवम् भक्तजनहरु गन्तव्य स्थान अगाडीबाटै हिड्दै मन्दिर सम्म जानुपर्ने अवस्था रहेको थियो । यसलाई मध्यनजर गदै नगरको करिब ३५ लाख रुपैयाँ बजेटमा चमेली पार्क देखी ढोरबाराही मन्दिर पार्किङ्ग स्थल सम्मको अफ्ठ्यारो बाटोमा ढलान गर्ने कार्य भईरहेको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । “ हामीले अहिले लेवर कन्ट्रयाक मार्फत निर्माण कार्य गरिरहेका छौ, अबको केही समय भित्रमा नै निर्माण सम्पन्न गरि मन्दिरको पार्किङ्ग स्थल सम्म सहज तरीकाले जाने वातावरण तयार गदै छौ ।” श्रेष्ठले भने । हाल निर्माण भईरहको बाटोको चौडाई ६ मिटर र लम्बाई करिब ७५ मिटर रहको छ ।


यसै गरि मन्दिरमा विवाह मण्डप नहुदाँ साँघुरो ठाउँमा नै विवाह सम्पन्न गर्नुपर्न अवस्था रहेको थियो । विवाह गराउन आएका दम्पतीहरुलाई सहज वातावरण निर्माणको लागि प्रदेश सरकार र समितिको १० प्रतिशत साझेदारीमा करिब २६ लाख बजेटमा विवाह मण्डव भवन निर्माण गरिरहेको श्रेष्ठले बताएका छन् ।

मन्दिर जाने बाटो निर्माण गरि कार्य गरेता पनि ईन्जिनियरले बाटो निर्माण गर्दा अनुगमन नगर्दा ६ मिटर चौडाई रहेका केही ठाउँमा ५ मिटर मात्र रहेको बाजस्थल टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद लम्सालले बताए । पानी कटानका लागि राखिएको ढल पुरिएता पनि कुनै वास्ता नगरी ढलान गर्ने कार्य गर्दा पछि पानीले बाटो काटान गर्ने सम्भावना देखिएको बताएका छन् ।

कोरोना महामारी पश्चात संञ्चालित मन्दिमा दैनिक मात्रामा दर्शनार्र्थीरुको संख्या वृद्धि हुदै गएको लम्सालले बताएका छन् । अहिले बाटो बनाउने कार्य भईरहदाँ अव्यवस्थित रुपमा पार्किङ्ग गर्दा केही समस्याहरु सिर्जना भएको हुँदा त्यसलाई व्यवस्थापन गदै आईरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button