व्यवसायमा २५ लाख डुबाएर खारिएका तुलबहादुर, जसले ४५ जनालाई दिए रोजगारी

एस.बि. नेपाली /दमौली । सुनचाँदीका गरगहना निर्माण गर्ने र बिक्री बितरण गर्ने पुख्यौली पेशा हो तुलबहादुर सुनारको तर उनले बेग्लै व्यवसायमा लाग्दै आएका छन् । साथीको लहैलहमा काठमाडौमा गार्मेन्ट खोल्न पुगेका थिए । सीप,ज्ञान अनुभव केही थिएन तर पनि काम गर्ने जोश जाँगरका साथ दुई जना मिलेर गार्मेन्ट व्यवसाय संञ्चालन गरेका थिए ।

लामो समय बिद्युत लाइन जाने समस्याले गर्दा कर्मचारीले समयमा काम गर्न नपाउँदा छोटो अवधिमा ठुलो रकम घाटा ब्योर्हनु परेको तीतो अनुभव सुनारसंग रहेको छ ।

तीन बर्षको अवधिमा झण्डै रु.पच्चीस लाख डुब्न पुग्यो, अन्तमा घर फर्किन भाडा समेत ऋण खोज्नु बाहेक अर्को बिकल्प थिए तुलबहादुरसंग । घर फर्किएपछि तुलबहादुरले बैकबाट रु.१५ लाख ऋण लिएर पुन ः सोही किसिमको गार्मेन्ट उद्योग संञ्चालन गर्न पुगे ।
बिसं ०६४ साल देखि व्यासनगरपालिका–१० डिहीगाँउ आफ्नै घरबाट चार जना कर्मचारीबाट शुरु गरेका तुलबहादुरले विगत सात बर्ष देखि दमौलीमा आफ्नो व्यवसायलाई बिस्तार गर्दै अघि बढेका छन् । आगोले पोलेको घाउलाई आगोमा नै सेकाएर निको पार्नुपर्छ भन्ने उद्देश्यका साथ फ्रेण्ड्स फेशन गार्मेन्ट संञ्चालनमा ल्याएका हुन् । अहिले ख्याति कमाउन सफल उक्त गार्मेन्टमा अहिले ४५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

दैनिक पन्ध्र सय पिस कपडा तयार ः
उक्त फ्रेण्ड्स फेशन गार्मेन्टले अहिले दैनिक एक हजार पाँच सय पिस कपडा उत्पादन गर्दै आएको छ । यसरी उत्पादन गरिएका बस्तु जिल्लाको मुख्य बजार दमौली, डुम्रे, आँबुखैरेनी, शुक्लागण्डकी, भिमाद लगायतका क्षेत्रका व्यवसायीहरुले लैजाने गरेका छन् । जिल्ला आसपासका पोखरा, गोरखा, लमजुङ लगायतका जिल्लाबाट समेत व्यवसायीहरु आफै आएर सामान लैजाने गरेको सुनारले बताए । आफुले थोरै भएपनि बेरोजगारीलाई रोजगारी दिन सकेकोमा गर्ब लागेको छ । उनले भने ‘हरेश खाएर बिचलित भएको भए आज यो दिन परिकल्पना गर्न सक्ने थिइन् होला ।’ उनका गार्मेन्टमा स्कुल,कलेजका ट्याकसुटका साथै महिला पुरुषका लागि हुने सबै प्रकारका कपडाहरु तयार गरिनेछ ।

मिहिनेत गरे स्वदेश नै बिदेश
लामो समय गार्मेन्ट क्षेत्रमा अनुभव बटुल्नुभएका सुनारले खाडी मुलुकमा गएर पसिना चुहाउनुको अलवा स्वदेशमै पसिना चुहाउन सके बिदेश यहि हुने बताए । परिश्रम गर्न सके बिदेश यहि छ किन बिदेश जानुपर्छ ? सुनारले प्रश्न गर्दै भने ‘स्वदेशमा बसेर काम गर्न लाज मार्ने प्रवृत्तिले युवा पुस्ता बिदेशिने क्रम बढ्दै गएको छ ।’

नारायणगढ गएर सामान ल्याउने व्यपारीको संख्या घटेको छ । सुनारले भने ‘नारायणगढको मूल्यमा दमौलीमा सामान पाउने भएपछि सामान उत्पादन गर्न भ्याई नभ्याई हुने गरेको छ । ’

कच्चा पदार्थ काठमाण्डौबाट ल्याउँदा अझै महँगो हुने गरेकोले सिधै चाइनाबाट आयत गर्ने योजनाका साथ अघि बढिरहेको बताए । चाइनाबाट कच्चा पदार्थ ल्याउन सकियो भने बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बिश्वास गरेको छु ।
घरेलु क्षेत्रलाई प्रोत्साहन गर्ने घरेलु तथा साना उद्योग कार्यालयले हालसम्म कुनै सहयोग नगरेको गुनासो सुनारको रहेको छ । तीन चार पटकसम्म कार्यालयमा गएर फारम भरें तर कुनै सुनुवाई भएन उहाँले भन्नुभयो । ‘मान्छे हेरेर व्यवहार गर्ने प्रबृत्तिको अन्त्य गरिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button