म्याग्देमा वडा भवनको शिलान्यास

विकास निर्माणका कार्यमा पक्षपात हुदैन् : अध्यक्ष राना

सानेबहादुर नेपाली / म्याग्दे । जिल्लाको म्याग्दे गाउँपालिका–३ नं वडा कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । उक्त भवनको गाउँपालिकाकी अध्यक्ष एवं उपाध्यक्ष बालकृष्ण घिमिरले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिकाकी अध्यक्ष रानाले गाउँपालिका भित्रका वडा तथा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेर भाडामुक्त बनाउन लागिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले विकास निर्माण,स्वास्थ्य,शिक्षा र रोजगारमूलक सीपलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । विकास निर्माणका कार्यमा यो वा त्यो भनेर पक्षपात नगरी काम गर्दै आएको छ । उहाँले भन्नुभयो ‘ढिलो चाँडो हुन सक्छ तर अन्याय गर्नु हुदैन् ।’
जग्गा व्यवस्था हुन नसक्दा उक्त वडा कार्यालय भाडामा बसेर सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएकोले अबका दिनमा सहज हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

भवन निर्माणको लागि तनहुँ उद्योग बाणिज्य संघ तनहुँका निवर्तमान अध्यक्ष कृष्णराज पण्डितले निशुल्क ः रुपमा जग्गादान गर्नुभएको हो ।
लालपूर्जा भित्रको आठ आना र भोग चलान गर्दै आएको अन्य दुई रोपनी सहित गरी साढे दुई रोपनी जग्गा पण्डितले निशुल्क ः दान गर्नुभएको हो ।

अहिलेको चलनचल्तीको मूल्य अनुसार करिब रु.एक करोड बराबरको जग्गादान गरिएको जग्गादाता पण्डितले बताउनुभयो ।
गाउँपालिकामा रहेका छ वटा वडाहरुमध्ये ३ नं वडाको भवन जग्गा नपाएर समस्यामा परेको आफुले जानकारी पाएपछि जग्गा दान गर्ने निर्णय अनुरुप जग्गा उपलव्ध– गराएको उहाँले सो अवसरमा बताउनुभयो ।

भाडामुक्त बन्दै म्याग्दे गाउँपालिका ः
म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको केही समय अघि मात्रै शिलान्यास सम्पन्न गरिएको छ ।
वडा नं ३ र ६ नं वडा भवनको लागि निशुल्क जग्गा दान प्राप्त भएको गाउँपालिका कार्यालयले जनाएको छ । अन्य वडाको लागि सार्वजनिक जग्गामा भवन निर्माण गरिएको छ ।

उक्त गाउँपालिका अन्र्तगतका वडाहरु मध्ये वडा नं १ र ५ को गतबर्ष टेण्डर गरी सम्पन्नको अन्तिम चरणमा रहेका छन् भने वडा नं ४ र ७ को यस अघि नै शिलान्यास भैसकेको छ । त्यसैगरी वडा नं २ को वडा कार्यालयले साविकको गाविस भवनबाट काम प्रवाह गरिदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

त्यसैगरी छ वटा वडाहरु मध्ये तीन वटा बडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिसकिएको छ भने अन्य तीन वटा वटाहरुमा पुरानै स्वास्थ्य भवनबाट सेवा संञ्चालन गरिदै आइएको उहाँले जानकारी दिनुभयो ।  वडा नं १ मा जग्गा व्यवस्थापन गर्न नसकिए पनि स्वास्थ्य सेवाको पहुँच पु¥याइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button