व्यास नगरपालिकाको ३४ औ नगर सभा

दश करोड ५० लाख ४७ हजार बेरुजु संम्बन्धी प्रस्ताव प्रस्तुत

दमौली । व्यासनगरपालिकाको ३४ औ नगरसभा मंगलबाट शुरु भएको छ । सभाको पहिलो दिन नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसी चालु आर्थिक बर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा छलफल गरेको छ ।

नगर प्रमुख न्यौपानेले आर्थिक बर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख मीरा जोशीले आर्थिक बर्ष २०७७÷०७८ को संशोधित वजेट तथा कार्यक्रम, संशोधित आर्थिक विधेयक,२०७७, संशोधित विनियोजन विधेयक, २०७७ प्रस्तुत गर्नुभएको थियो । संशोधित बजेट तथा कार्यक्रम, संशोधित आर्थिक विधेयक, २०७७, संशोधित विनियोजन विधेयक,२०७७ लगायत बिषयमा छलफल गरिएको थियो ।

उक्त बिधेयक माथि नगर सभासद्हरु चुडामणी दाहाल,रविन पौडेल, बसुन्धरा घर्ती, कृष्ण बहादुर विष्ट, सुन्दर वाग्ले, लक्ष्मीकान्त मिश्र, प्रदिप आचार्य, निर बहादुर ठकुरी, ढाल प्रसाद घिमिरे,ज्ञानुमाया सुनार र कृष्णा खनालले छलफलमा भाग लिएका थिए ।

लेखा समितिका संयोजक काजिमान श्रेष्ठबाट आर्थिक बर्ष ०७५÷०७६ सम्मको बेरुजु सम्बन्धी रु.दश करोड ५० लाख ४७ हजार सात सय साठी को संम्परीक्षण गर्नुपर्ने प्रस्ताब प्रस्तुत गर्नुभएको थियो ।

३४ औं नगर सभाको अर्को बैठक बुधबार बस्ने निर्णय भएको व्यासनगरपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button