विजुली उत्पादनको अन्तिम तयारीमा बेलचौताराको सोलार फार्म

बेलचौतारा । नेपालमा नै पहिलो सोलार बिजुली उत्पादनका लागि अनुमति लिएर निर्माण भएको तनहुँ स्थित बेलचौताराको सोलार फार्म प्रालिले विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पुर्वाधारको कामहरु अन्तिमचरणमा पुगेको जनाउदै अवको तिन महिना भित्र विजुली उत्पादन हुने प्रालिले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा न ५ स्थित भानुभक्त बहुमुखी क्याम्पस हाताभित्र निर्माण भईरहेको फार्ममा हालसम्म ७५ प्रतिशत काम सम्पन्न भईसकेको छ । अवको केही समय पश्चात सोलार प्यानल जडान गरि विजुली उत्पादन गरिने प्रालिका निर्देशक मनकारीले गुरुङ्गले जानकारी दिए ।

५ मेगावाट बिजुरी उत्पादन गरि नेपाल विद्युत प्राविकरणका राष्ट्रिय प्रशासण लाइनमा जडान गर्ने प्रालिले यस अघि नै निर्णय लिएको छ । प्रालिको झरौटा स्थित रहेको ट्रान्सफर्मरमा उत्पादित विजुली पु¥याएर सोलार विजुलीको क्षेत्रमा नयाँ आयाम ल्याउने प्रा.लिले योजना बनाएको छ ।
गत बर्ष नै बिजुली उत्पादन गर्ने लक्ष्य रहेको भएता पनि कोरोना महामारीका कारण काम प्रभावित हुदाँ निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ । एक अघि २०७६ सालमा विजुली उत्पादन गर्ने आयोजना सञ्चालकहरुल े बताएका गिए । आयोजना सञ्चालनका लागि क्याम्पससँग प्रालिले १०० रोपनी क्षेत्रमा फार्म स्पापना गरेको छ ।

कम्पनीले दुई वर्षअघि उक्त आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको थियो । क्याम्पससँग भएको सम्झौता ४ वर्ष बितिसकेको छ । कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुँदा निर्धारित लागत भन्दा बढी पर्न गएको आयोजनाको भनाइ छ । प्रति मेगावट करिव ८ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा कोरोनाका कारण लागत थपिएको छ ।

यस अघि ४० देखि ४५ करोड लागत अनुमान गरिएको थियो, उनले भने, कोरोनाले करिव २ वर्ष ढिला भयो । लागत बढेर ५२–५५ करोड पुग्ने अनुमान गरिएको जानकारी दिदै माहामारी र वर्तमान परिस्थितीका कारण झण्र्ड ५० लाख लागत अनुमान गरिएको निर्देशक गुरुङ्गले लागत बढेर ५५ लाखसम्म पुग्न सक्ने बताए ।

गुरुङ्गका अनुसार तिव्र गतिमा निर्माण भईरहेको सोलार फार्मबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले ७ रुपैया ३० पैसा प्रतियुनिटमा खरिद गर्ने छ । फार्ममा अहिले उक्त परिमाणमा विजुली उत्पादन गर्न १३ हजार ४ सय ९४ प्यानल राख्ने तयारी भईरहेको छ ।
निर्देशक गुरुङका अनुसार दैनिक सरदर ६ घण्टा बिजुली उत्पादन हुने छ । प्रति घण्टा ५ हजार युनिटका दरले दैनिक ३० हजार युनिट बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक १ करोड ९ लाख यूनिट उत्पादन हुने संस्थापक मध्यका एक गुरुङले बताए । उनका अनुसार मिटरमा चढेको युनिट अनुसार प्राधिकरणले आयोजनालाई पैसा बुझाउछ । वार्षिक करिव ८ करोड रुपैया विद्युतबाट आम्दानी हुने उनले जानकारी दिए ।

हाल सोलार स्ट्याण्ड तयार भइसकेको छ । अहिले केबुल बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए । अर्थिङको काम भइरहेको छ । ट्रान्समिसन तयार भइसकेको छ, उनले भने, प्यानल आएपछि करिव २० दिनमा काम सकिने छ । फार्मबाट उत्पादित बिजुली करिव ५ सय मिटर पर रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिने छ । भारतको रेनेर्गो डेभलोपर्स प्रालिले ४२ करोड रुपैयामा सो सम्झौता गरेको हो । बिजुली उत्पादन गरि कम्पनीले फार्मलाई हस्तान्तरण गर्ने आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button