केन्द्रिय सदस्य बन्नेहरुले स्वाभिमान गुमाए-शेषमणी आचार्य

दुलेगौडा । नेपका पार्टीका नेता तथा बुद्धिजीवि शेषमणी आचार्यले नेकपा विभाजनको क्रममा ओली समुहले केन्द्रिय सदस्यमा गरेको मनोनयलाई नकारेपछि प्रचण्ड पक्षधर देखि बामदेव गौतमले आफ्नो पक्षमा आउन आग्रह गरेको बताएका छन् ।

केन्द्रिय सदस्य मनोनयनलाई सस्तो बनाएको असन्तुष्टी सहित निर्णय स्वीकार नगरेको बताउदै आचार्यले नेपका पार्टीमै रहेर कुनै गुटको पछि नलाग्ने स्पष्ट पारे । “हरेक कुराको समिति बनाउन एक आधार हुन्छ, त्यो आधार विना ट्याप्प टिपेर केन्द्रिय सदस्य बनेपनि भोलि फालिनुपर्छ ।” उनले भने “मनोनयन गर्ने पनि तरिका भएन र मलाई उपयुक्त लागेन पनि ।” आचार्यले बाटोबाट टिपे सरि केन्द्रिय सदस्य भएकाहरुले आफ्नो स्वाभिमान गुमाएको बताए ।

उनले नेकपा एकता पक्षमा उपाध्यक्ष बामदेव गौतमलाई नैतिक रुपमा समर्थन गरेको पनि खुलासा गरे । गौतम स्वयंले एकता अभियानको केन्द्रिय सदस्य बन्न आग्रह सहित फोन गरेपनि एकताको पहल ढिला गरेकाले उनको आग्रहलाई स्वीकार नगरेको आचार्यले बताए ।
आचार्यले प्रचण्ड पक्षधरहरुले पनि केन्द्रिय सदस्यमा मनोनय गर्ने भन्दै फोन गर्ने गरेको बताए । नेकपा भित्रका पाको राजनीतिज्ञको छवि बनाएका आचार्यले नेपाली राजनीतिमा युवा पंतिहरुसँग आफुहरुको खाँचो अझै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button