आज सोनाम/ग्याल्पो ल्होछार

तनहुँमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै

दुलेगौडा । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

आजको दिन देशभरीका विभिन्न क्षेत्र लगायत तनहुँमा पनि तामाङ समुदायहरुले विविध कार्यक्रम आयोजना गरि सामुहिक रुपमा ल्होछार पर्व मनाउदै छन् । प्रत्येक बर्ष विस्तृत रुपमा पर्व मनाईदै आएता पनि कोरोना महामारीको कारण सामान्य रुपमा कार्यक्रम आयोजना गरि मनाउन लागेको मिलिजुलि तामाङ समाजका सचिव सुरेन्द्र तामाङले जानकारी दिए ।

तामाङ समुदायको नयाँ वर्षको रुपमा मनाईने ल्होसार पर्वले कला र संस्कृतिको संरक्षण हुनुको साथै मेलमिलापको भावना समेत विकास गराउने बताए । यस्तै आज नै हिमाली क्षेत्र सहित देशका विभिन्न स्थानमा रहेको शेर्पा समुदायले नयाँ बर्षको रुपमा ग्याल्पो ल्होसार मनाइरहेका छन् ।

आजको दिन शेर्पा समुदायले आपसमा शुभकामना आदानप्रदान सहित यो पर्व मनाउने गर्दछन् । तामाङ्ग सम्ुदायका महान् पर्व सोनामा ल्होसार तथा शेर्पा समुदायको ग्याल्पो ल्होसर एकैदिन परेको भन्दै आज सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यस अगाडी कार्यसम्पादनका लागि भन्दै सरकारले जातीय समुदायका पर्वमा दिइदै आएको विदा कटौती गरेको थियो । दुई समुदायको फरक फरक मितिमा ल्होसार पर्ने भएता पनि यस बर्ष भने एक दिन परेपछि विदा दिने निर्णय निर्णय गरिएको सरकारका सुचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रबक्ता पार्वत गुरुङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button