अबैधानिक नदीजन्य पदार्थ उत्खननमा संलग्नलाई कारबारही

दमौली । अबैधानिक रुपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न एक्साभेटर र ट्याक्टरलाई पक्राउ गरी जरिवाना बुझाएका छन् । पक्राउ परेका एक एक्साभेटर र दुई ट्याक्टरले रु.चौवालिस हजार जरिवाना बुझाएका हुन् ।

गत शनिबार जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ कुडुलेघाट स्थित रातको समयमा अबैधानिक रुपमा नदीजन्य पदार्थ निकाल्दै गरेको बा २ क ४३५३ नं. को एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिका कार्यालयमा पठाएको थियो । उक्त कार्यालयले २० हजार रुपैया जरिवाना गराएर छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी आइतबार भानु नगरपालिका वडा नं. ११ पाउदीखोलाबाट अबैध रुपमा ग्राबल ढुङ्गा उठाईरहेको अवस्थामा ग १ त ९८४० र ग ६ त ६६२ नं. को दुई वटा ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ट्याक्टरलाई प्रहरीले भानु नगरपालिकामा बुझाएकोमा जनही १२ हजारको दरले २४ हजार रुपैया जरिवाना लिएर छाडेको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button