बाख्रा पालक कृषकहरुलाई तालिम

दुलेगौडा । पशुमा आउने समस्या निराकरण गर्नका लागि शुक्लागण्डकी नगरपालिका ३ का कृषकहरुलाई नै तालिम दिइएको छ । वडाका कालिम¥याङ्गमा ब्यवसायिक बाख्रा पालनमा लागेका कृषकहरुलाई मंगलबार र बुधबार दुई दिन तालिम प्रदान गरिएको हो । शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाका आयोजनामा बुधबार सम्पन्न भएको तालिममा कृषकहरुलाई पशु पालनका क्रममा देखिने समस्या र समाधानका विषयमा जानकारी दिइएको पशु प्राविधिक ईश्वर रेग्मीले जानकारी दिए ।

तालिममा बाख्रा पालनका किसानका लागि खोरको व्यवस्थापन कसरि गर्ने, बाख्राको लागि आहारा व्यवस्थापन कसरि गर्ने, पशुमा लाग्ने रोगहरु कस्ता–कस्ता हुन् र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भई तालिम प्रदान गरेको रेग्मील बताए ।

पशु पालक किसानहरुलाई आहारको राम्रो ज्ञान नहुँदा पशुहरुलाई बढी मात्रामा औषधि सेवन गराउनुपर्ने अवस्था सिर्जना भएको हुदाँ चेतनाको अभिवृद्ध गराउन तालिम सञ्चालन गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनले वडाकै बाख्रा पालन पकेट क्षेत्रको रुपमा समेत रहेको कालिका बाख्रा पालन समुहका किसानहरुलाई तालिमबाट आवश्यक ज्ञान प्राप्त गरि व्यवसायिक रुपमा बाख्रा पालनलाई अगाडि बढाउन सहयोग पु¥याउने बताए ।

तालिममा २७ जना पशु पालक कृषकहरु सहभागि थिए । उक्त तालिममा नगर पशु प्राविधिक ईश्वर रेग्मी, अजुर्न ढकाल र पशु चिकित्सक अधिकृत हुमराज तिम्सेनाले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button