एक बषै ढिलो गरी बन्दैछ तनहुँ सभाहल

सानेबहादुर नेपाली / दमौली । गण्डकी प्रदेशकै गौरव तथा ठुलो आयोजनाको रुपमा निर्माणधिन ‘तनहुँ सभाहल’को हालसम्म निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । विसं ०७४ पौष १३ मा सम्झौता गरी विसं ०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि.काठमाण्डौले निर्माणको जिम्मा पाएको हो ।

कोभिड–१९ कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि छ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो । उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकोले पुनः छ महिना समय थप्नको प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इन्जिनियर बिक्रम केसीले बताए ।

व्यासनगरपालिका–३ बिपीबन बाटिकामा निर्माण गरिएको उक्त भवनको निर्माणका कार्य सम्पन्न भएपनि फिनिसिङको कार्य बाँकी रहेको छ । केसीका अनुसार अहिले मार्वल बिच्छउने कार्य,प्लम्बिङ,एसी जडान लगायतका कार्य भैरहेका छन् ।

करिब छ हजार पाँच सय स्क्वीयर फीट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणधिन सभाहको क्षमता सात सय ५० जनाको रहेको बताइएको छ । उक्त भवनको लम्बाई ७५ र चौडाई ४५ सेन्टिमिटर दुरीको रहेको छ । चार ढलानको निर्माण हुने सो भवनको भुई ढलानमा सवारी पार्किङ,दोस्रो तल्लामा स्टेज,तेश्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्ष लगायतका सुविधायुक्त कक्ष रहने छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए ।

भवन निर्माणको लागि नेपाल सरकार र बिदेशी दाताको संयुक्त कोष रहेको छ । कूल रु.२३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button