गायक उज्ज्वल घिमिरेको “मै हुँं” गीत सार्वजनिक (भिडियो सहित)

मिलन विश्वकर्मा, फागुन ९ | गायक तथा र्‍यापर उज्ज्वल घिमिरेको स्वर रहेको “मै हुँं” नामक बोलको गीत सार्वजनिक भएको छ । र्‍याप शैलिमा रहेको यो गीतमा शब्द लेखन उज्ज्वल घिमिरे आँफैले गरेका छन् ।

गत बिहीवार उज्ज्वलको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई २ दिनको अवधीमा झन्डै १ लाख जनाले हेरिसकेका छन् ।

सौरभ ठकुरीको म्युजिक, मिक्सिङ्ग र मास्टरिङ्ग रहेको यो गीतलाई अस्ट्रेलियाको मेल्बर्न शहरमा रहेको मेक मनि रेकर्ड्स स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको भिडियो अभियान थापाले तयार गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button