स्व.बुबाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

 दमौली  । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रमका बीच ‘‘गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार’’ अक्षयकोष स्थापना गर्नं रकम हस्तान्तरण गरेका हुन् ।

अक्षयकोषको लागि ५१ हजार एक सय ५१ रुपैया नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई अध्यक्ष नहर्की, नहर्कीको धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले प्रदान गरेका थिए । सो अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वर्षेनी युनियनले सिफारिस गरेको जेहेन्दार पत्रकारलाई पुरस्कार प्रदान गर्ने योजना रहेको छ ।

अध्यक्ष नहर्की सेतीमादी दैनिकका सहसम्पादक, गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुन् । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य वाग्लेले संविधान सभा पुर्नस्थापना भए काँग्रेसलाई मान्य हुने र पुर्नस्थापना नभए निर्धारित समयमा नै निर्वाचन हुनु पर्नेमा जोड दिए ।

काँग्रेसका कार्यबाहक सभापति जीतप्रकाश आलेले हाल सरकारले अलोकन्त्रान्त्रिक तरिकाबाट अघि बढिरहेकोले सर्वासत्ताबादका विरुद्ध, भ्रष्ट्राचार र असंवैधानिक कदमका विरुद्ध खबरदारी गरी जनतालाई सूसूचित पार्न आग्रह गरे । प्रवक्ता महेश्वर भट्टराईले पार्टीको कुरालाई चलायमान गराउन प्रेस युनियनकर्मीले महत्वपूर्ण खेलेको र भावी दिनमा पनि सशक्त रुपमा अघि बढ्न आग्रह गरे ।

सोही अवसरमा नेपाल प्रेस युनियनको गतिविधीका बारेमा समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, निर्वतमान अध्यक्ष ओमकार आचार्य, महिला विकास सदस्य सोनी शर्मा, पार्षदहरु वसन्त कँडेल, मदन वाग्ले, शंकरराज नहर्की, शैलेश मिश्र, सल्लाहकार गोरा मिया, सदस्य आशबहादुर घिमिरे लगायतले एकता नै बल भएकाले एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button