दुर्गम बस्तीमा निशुल्क:  स्वास्थ्य शिविर

देवघाट। जिल्लाको देवघाट गाउँपालिका जनस्वस्थ्य इकाई एरिया ०३ लियो जिल्ल परिषद् ३२५ बी २ तथा छिपछिपे स्वास्थ्य चौकी देवघाट–३ को आयोजनामा शनिबार छिपछिपेमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

उक्त शिबिरमा भरतपुर अस्पतालका डा.प्रदिप सापकोटा, भरतपुर पोलिक्लिनिकका डा.धनेश्वर यादवले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा एक सय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यसैगरी ढोरबाराही डेन्टल केयर सेन्टरका संञ्चालक भरत पोख्रेलले ६० जनाको निशुल्क दाँत फुकाल्ने तथा औषधी वितरण,मन्जन र ब्रस लगायतका सामाग्रीहरु वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले निशुल्क स्वास्थ्य शिबिरबाट स्थानीयबासीले ठुलो राहतको महसुस गरेको बताउनुभयो ।

शबिरका माध्यमबाट गाउँपालिकाका बासिन्दाहरुलाई घरदैलोमा नै स्वास्थ्य सुविधा प्रदान गर्दै लैजाने उद्देश्य अनुरुप यस्ता शिबिरहरु संञ्चालन गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button