नगरपालिकाको निर्णयलाई माछा माछा भ्यागुतो भनेपछि……..

दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाको वडा न ११ का स्थानीयहरुले विसौनामा नै १५ शैयाको अस्पताल निर्माण हुनुपर्ने माग सहित दवाव दिन सोमबार शुक्लागण्डकी नगरपालिकामा आए । नगरपालिकाले नगरवासीको पायक नपर्ने भन्दै वडा न ११ को विसौनामा अस्पताल बनाउने पक्षमा नभएपछि स्थानीयहरु नगरपालिकाको निर्णय परिवर्नत गराउने उदेश्यले डेलिगेशन सहित आएका थिए ।

नगर कार्यपालिका सदस्य थमन बहादुर आले, तथा राईपुर पर्यटन प्रवद्र्धन समितिका पुर्व अध्यक्ष मणिनरत्न भट्टराईको नेतृत्वमा आएका टोलीसँग विना सहमति छलफल सकिएको छ ।

डेलिगेशन सहित टोलीको प्रतिनिधित्व गरेर आएका भट्टराईले नगरपालिकाको अस्पताल बनाउने निर्णय माछा माछा भ्यागुते बनाउने बताएपछि छफलफलमा सहभागि भएका मेयर किसान गुरुङ्गले छलफल नै बहिस्कार गरेर हिडेका थिए ।

गुरुङ्गले संयम अपनाउन आग्रह गर्दा समेत भट्टराईले आपत्ति जनक शब्दहरु प्रयोग गर्दै गएका थिए । लगग्तै स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले समेत आपत्ति जनाएका थिए । स्वास्थ्य मन्त्रालयमा आफुहरुको पहुँच भएको भन्दै उनले नगरपालिकाको समुहलाई झ्याङ्लेफ्याङले भन्दै सम्वोधन गरेका थिए ।

भट्टराईले सम्बोधन गर्दै गर्दा मेयर लगायत स्वास्थ्य शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेल छलफल स्थलबाट वाहिरीएका थिए । उनीहरु बाहिरिएपछि डेलिगेशन सहित आएका वडान ११ का स्थानीयहरुले नागरिक को आवाज सुन्न नचाहेको भन्दै मेयर विरुद्ध आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button