प्रथम ऋषिङ्ग अन्तरपालिका स्तरीय भलिबल प्रतियोगि हुन

ऋषिङ्ग । ऋषिङ गाउँपालिकाले प्रथम ऋषिङ अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता–२०७७ आयोजना गर्ने भएको छ । आगामी शनिवारदेखि आयोजना हुने प्रतियोगि वडा नं. ४ थप्रेकस्थित महेन्द्रज्योती प्राविको खेल मैदानमा हुने गाउँपालिको जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ३५ हजार, द्धितीयले ८० हजार र तृतीयले ५० हजार रुपैया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाको प्रचारप्रसार गरी खेल पर्यटनको प्रवद्धनको लागि यसअघि खुल्ला तथा गाउँस्तरीय म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाले प्रतियोगिताले पालिकाहरुबीच एक आपसरमा भातृत्व कायम हुन सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताको लागि गण्डकी प्रदेशका सबै पालिकालाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button