कार्ड्स अर्गनाइजेशन कतारको अध्यक्षमा पन्थी

मिलन विश्वकर्मा
फागुन १६ कतार |
उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) कतारको अध्यक्षमा कृष्ण पन्थी चयन हुनुभएको छ । गत शुक्रबार कतारमा सम्पन्न भएको कार्डस् अर्गनाइजेशनको दोस्रो अधिवेशन मार्फत पन्थीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम शाही, उपाध्यक्षमा मोहम्मद अयुब शेष, महिला उपाध्यक्षमा नानु घले, महासचिवमा डिल्लीराम भट्टराई, प्रथम सचिवमा सुरज कुँवर, द्वित्तीय सचिवमा रोशन बि. क., कोषाध्यक्षमा नर बहादुर थापा, सह–कोषाध्यक्षमा राम कुमार राईलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा रमेश थापा, चन्द्र बहादुर फुलेल, बासुदेब पाण्डेय, रमेश पुरी, बिष्णु बहादुर शाही, अब्दुल खालिक, अम्बर राई, तेज बहादुर बुढाथोकी, प्रदीप राई, गणेश परियार, बिष्णु अधिकारी, अनिश घिमिरे र भुपराज दुबे चयन हुनुभयो । अन्य सदस्यहरु समावेशी सिद्धान्तको आधारमा कार्यसमितिले मनोनित गर्ने समितिका संयोजक केवि हमालले जानकारी दिनुभयो ।

विदेशमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र देशको आर्थिक समृद्धिमा वैदेशिक रोजगारीमा रहेका नेपालीको समेत योगदान उद्देश्यले कार्ड्स अर्गनाइजेशनको स्थापना गरिएको हो ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली राजदुताबास कतारका प्रथम सचिव प्रविण भट्टराईले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले देश र देशवासीप्रति देखाउने अन्य देशका नागरिकको तुलनामा उदाहारणिय भएको बताउनुभएको थियो ।

जुम मार्फत भएको अधिवेशनमा भट्टराईले संस्थाको उद्धेश्य काम गर्दै व्यवसायिक पाटोलाई कानुन अनुसार चलाउन आवश्यक रहेको भन्दै दुतावास जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । अध्यक्ष पन्थीको सभापतित्वमा भएको कार्यक्रम, डिल्लीराम भट्टराईले सञ्चालन गरेका थिए भने कार्डस कार्पोरेशन नेपालका लेखा समिति संयोजक बिमल घलेले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button