सचिन स्मृति दौड प्रतियोगितामा गुरुङ प्रथम

दमौली ।  १८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा तनहुँ घर भारतीय सैनिकमा कार्यरत भरत गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा सहभागि जनाएका असी जना धावकलाई पछि पार्दै भानुनगरपालिका–३ तुरतुरेका गुरुङले तोकिएको नौ किलोमिटर दुरी ३० मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।

छाब्दी बाराही मन्दिर सम्म निर्धारित दुरीमा ३२ मिनेट २५ सेकेण्डमा पुरा गरी गोर्खा सिरानचोक गाउँपालिका ३ का दिनेश बोगटी दोस्रो भएका छन् । त्यसैगरी ३२ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै धनगढी उपमहानगरपालिका सक्का वीरेन्द्र प्रसाद भट्टराई प्रतियोगितामा तेस्रो भएका छन् यसैगरी ३३ मिनेट १३ सेकेन्डमा दूरी पुरा गरेर संगम घर्ती प्रतियोगितामा चौथो स्थान भएका छन् ।

प्रतियोगितामा सबैभन्दा कान्छा धावक सन्ततिले ४२ मिनेटमा दूरी पूरा गरेका थिए । यस्तै पहिलो महिला धावक व्यास १० निवासी नमुना गुरुङले ४३ मिनेटमा दुरी पुरा गरेकी थिइन् । कार्यक्रममा विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर अधिकारी तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

क्लबले यस अघि दमौलीबाट घाँसीकुवासम्मको दुरीमा दौड प्रतियोगिता गर्दै आएपनि यसबर्ष भने रुट परिवर्तन गरी छाब्दीसम्म दुरी तय गरेको हो । दमौली अनशन चोकबाट शुरु दौड गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिएको थियो । नौ किमी दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु।१० हजार १०, द्वितीय हुनेलाई रु.८ हजार ८ र तृतीय हुनेलाई रु.६ हजार ६ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

सो अबसरमा बोल्दै नगरप्रमुख न्यौपानेले खेलकूदको माध्यमबाट जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न थप सहयोग पुग्ने बिश्वास गरिएको बताए । खेलकूद क्षेत्र स्वास्थ्यको लागि लाभदायिक रहेको उल्लेख गर्दै खेल क्षेत्रको संरक्षण गर्दै खेलकूद मार्फत पर्यटकीय क्षेत्रमा जोड दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button