बन्यजन्तुको महत्व दर्शाउन सञ्चारकर्मीलाई प्रशिक्षण

दमौली ।  वातावरण सन्तुलन कायम गर्नका लागि बन्यजन्तुको महत्वलाई प्रचार गर्नुपर्ने भन्दै तनहुँका सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । डिभिजन बन कार्यालय तनहुँको आयोजनामा सोमबार दमौलीमा आयोजित गोष्ठीमा सञ्चारर्कीहरुलाई बन्यजन्तुको महत्वको बारेमा जानकारी दिइएको थियो ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले वन्यजन्तु संरक्षण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । मानिसले क्षणिक लाभको मोहमा फस्दा पृथ्वीमा कार्बनको मात्रमा धरै भएकोले तापक्रम वृद्धि हुँदै गएको भावी पुस्ता बाच्न नसक्ने अवस्था आउन सक्ने हुँदा बेलैमा सचेत हुनु पर्ने काफ्लेले बताए ।

जंगली जनावरहरु पानी नपाएर, आहारा नपाएर मानव वस्तीमा आउने गरेको र पानीको व्यवस्थाको पोखरी जंगलमै बनाउने र चितुवाको आहारा संरक्षण गर्ने जस्ता दिर्घकालिन योजना अघि सारिएको उनले बताए । पालिकाहरुलाई वातारण संरक्षण सम्बन्धि वजेटको व्यवस्था गरेर पोखरी, चौतारी जस्ता हुर्काउन प्रोत्साहन गरिएको काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button