सेना दिवसमा दौड प्रतियोगिता हुने

हरि खरेल/दुलेगौडा । महाशिबरात्रि तथा सेना दिवसको सेना दिवसको अवसरमा खैरेनीटार स्थित नम्बर ३ बाहिनी अड्डाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । गत बर्ष समेत दौड प्रतियोगिता आयोजना गरेको सेनाले यो बर्ष पनि ५ किलोमिटरको दुरीमा दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

बुधबार अड्डा परिसरमा भएको छलफल कार्यक्रममा नागरिक र सेनाका वीचमा सम्वन्ध प्रगाढ गराउन प्रतियोगिता आयोजना गर्न लागिएको नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि कुमार बाबु थापाले बताए ।

प्रतियोगिता फागुन २७ गते सेना दिवसको पुर्वसन्धा २६ गते प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा भाग लिने धावकहरु ब्यारेकको गेटदेखि चण्डिदेवि मन्दिरसम्म दौडिएर फर्किनुपर्नेछ । स्वास्थ्यका लागि दौड भन्ने मुल नाराका साथ हुने प्रतियोगितामा ब्यवसायि, स्थानीय, विद्यार्थी, पत्रकार, कर्मचारी र जनप्रतिधिहरुलाई सहभागि गराउने लक्ष्य राखिएको छ ।

कोरोना महामारी भन्दै संकुचित भएर बस्नुभन्दा सरकारको महामारी रोकथामको नियम पालना गरि कार्यक्रम संञ्चालन गर्नु उपयुक्त रहने बताए । हरेक बर्ष शिवरात्रिका दिन नेपाली सेनाले विविध कार्यक्रम गरि सेना दिवस मनाउने गरेको गरेको छ । फागुन २७ गते सेना दिवसमा अन्य कार्यक्रमहरु पनि हुनेहुदाँ अघिल्लो दिन दौड संञ्चालन गरिने भएको हो । सेना दिवसकै दिन सेनाहरुद्धारा धार्मिक एवम् पर्यटकीय क्षेत्र रहेका मन्दिरहरु सरसफाई गर्ने र अशक्त दिन दुखिहरुलाई खाद्यान्न सामाग्रिहरु सहयोग गर्ने बाहिनिपति थापाले बताए ।

पत्रकार सम्मेलन सहितको छलफलमा सहभागि भएका शुक्लागण्डकी नगरपालिका मेयर किसान गुरुङ्गले बर्दिवाला र बर्दिविहिनहरु देशको रक्षकहरु भएको भन्दै सहकार्य गरेर अगाडी बढ्न सके लक्ष्य प्राप्त हुने बताए । प्रतियोगिता स्थानीयहरुको सहभागिता बढाउन सहयोग पु¥याउन नगरपालिकाले पुरस्कारको ब्यवस्था गर्ने मेयर गुरुङ्गले जानकारी दिए ।

छलफलमा नगरकी उपप्रमुख सविता रसाईलि, शुक्लागण्डकी उद्योग बाणिज्य संघ, विभिन्न बैक तथा वित्तिय संस्था पदाधिकाी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button