तनहुँमा करेन्ट लागेर किशोरको मृत्यु

भानु । जिल्लाको भानु नगरपालिका–१ स्थित बुधबार करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इकाला प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्जार्च प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए । उहाँका अनुसार करेन्ट लागेर तामाङ मृत अवस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा पठाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button