घर घरमा खानेपानीको धारा जडान गर्ने अभियान

हरि खरेल, फिरफिरे । खानेपानीको चरम समस्या भोगेको शुक्लागण्डकी नगरपालिका वडा नं.१२ का स्थानीयहरुको घर घरमा खानेपानीको पु¥याउने वडा कार्यालयले लक्ष्य लिएको छ ।

आगामि आर्थिक बर्षमा खानेपानीको समस्या समाधान गरि एक घर एक धारा बनाउने अभियानमा वडाका १२ लागि परेको वडाध्यक्ष मनराज गुरुङ्गले बताए । ७ वटा टोलमा एक घर एक धारा रहेको र बाँकी रहेका टोलहरुले भने सामुहिक रुपमा पानीको उपभोग गदै आईरहेको वडाध्यक्ष गुरुङ्गले बताए । सामुहिक धारा प्रयोग गरि पानीको उपभोग गर्ने स्थानियहरु आगामि बर्षमा घरको धारामै पानी आउने आशमा बसेका छन् ।

विगत २० बर्ष देखी काजुरी संस्था मार्फत स्याङ्गजा जिल्लाबाट खानेपानी ल्याई उपभोग गरेता पनि खानेपानीबाट सन्तुष्ट नभएको बाबियोडाडाका स्थानीय चन्द्रप्रसाद गौतमले बताए । “वडाले अर्काे साल एक घर एक धार बनाउने आश्वासन त दिएको छ ।” गौतमले भने,“ हुन्छ कि भन्ने आशा त छ तर खै होला जस्तो मानेको छैन ।” बाबियोडाडामा रहेका ७२ घरधुरिका स्थानियहरुले अझ पनि सामुहिक रुपमा खानेपानी उपभोग गदै आईरहेका छन् ।

पानिको स्रोत रहेता पनि व्यवस्थापन गर्न नसक्दा अव्यवस्थित रुपमा सामुहिक धाराबाट खानेपानीको उपभोग गरिरहेको प्यूरीदोभान टोल विकास समितिका अध्यक्ष हरिचन्द्र पौडेलले जानकारी दिए । आफ्नो क्षेत्रमा ३ वटा पानिको मुहान रहेको हुदाँ पानीको संकलन गर्नका लागि रिजर्भ ट्ययाङ्की भएमा घर घरमा पानीको सुविधा हुने बताए । “वडालाई व्यवस्थापनको लागि कुरा गर्दा वडाध्यक्षले यस बर्ष २ लाख रुपैया बजेट छुटट्याईदिनु भयो, त्यसबाट पाईप खारिद गरेर पानी खाईएको छ ।” पौडेलले भने, “अर्को बर्षको लागि भने वडाले खानेपानीलाई व्यवस्थित गर्छु भनेको छ ।”

वडाको सबै टोलहरुमा आधारभुत रुपमा खानेपानीको समस्या समाधान भईसकेको वडाध्यक्ष गुरुङले बताएका छन् । “पहिलेको झै ढोकोमै बोक्न पर्ने अवस्था भने छैन् ।” उनले भने,“केही टोलहरुमा सामुहिक धाराको प्रयोग गरेर भए पनि खानेपानी पु¥याईएको छ, अब त्यस्ता टोलहरुमा पनि चाडै नै एक घर एक धारा बनाउछौ ।” वडाध्यक्ष गुरुङका अनुसार वडाका लामागाउँ, जस्पुर, घडेरी, लाकुरी, रातमाटा, लिलाचोक लगायतका क्षेत्रमा गत बर्ष नै सोलार लिफ्तिङ्गबाट पानीको समस्या भईसकेको छ । बाकी रहेका टोलहरुमा पानीको स्रोत रहेको तर व्यवस्थित नभएको हुदाँ आगामी आर्थिक बर्षमा बजेटको व्यवस्थापन गरि वडालाई नै एक घर एक धारा बनाउने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button