प्रेरणादायी महिला : जस्ले सामाजिक विकासमा भुमिका खेले

अशोक विश्वकर्मा/दुलेगौडा ।  आज मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवस । आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम सहित १ सय ११ औँ नारी(महिल) दिवस मनाउने तयारी भएको छ । कोभिडको माहामारी पछि यस अघिको बर्षमाहरुमा जस्ता सार्वजनिक कार्यक्रमहरु संख्यात्मक नभएता पनि महिला सुरक्षा र महिला नेतृत्वको पक्षमा विभिन्न किसिमले बहस र पैरवीहरु भएका पाइन्छ । “महिलाको सुरक्षा समद्धृ नेपालको आधार, ः सम्मान र रोजगार” नारा यस बर्षका लागि तय गरिएको छ ।

१ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा महिलाहरु माथि हुने विभेद र असमानता जटिल बन्दै गएको पाइन्छ । घरेलु हिंसादेखि बलात्कार लगायतका घटनाबाट प्रताडित नारीहरु अझै पनि परिवर्तनका मुल प्रवाहमा सहायक भुमिकामै सिमित प्राय छन् । तनहुँमा न्यून संख्यामा महिला नेतृहरु छन् जस्ले राजनीतिसँगै सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन् । पत्रकार अशोक विश्वकर्मासँग भएको कुराकानीमा आधारित :

आशा कोइराला (सांसद)
नेपाली राजनीतिक आन्दोलनमा लागेर आफुलाई प्रभावशाली नेतृको रुपमा परिचित गराएकी महिला हुन् आशा कोइराला । विद्यार्थी जीवनदेखि नै राजनीतिका क्रियाकलापमा सहभागि भएकी कोइराला वि.स. २०४० सालदेखि विद्यार्थी आन्दोलन मार्फत उदाएकी नेतृ हुन् । विद्यार्थी राजनीति हुदै वि.स. २०५० देखि अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजक भएकी कोइरालाले ०५४ देखि जिल्ला अध्यक्ष भुमिका निर्वाह गरेको इतिहास छ । हाल गण्डकी प्रदेश सभा सदस्य रहेकी कोइराला महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत भईसक्नुभएको छ ।
लामो राजनीति इतिहास बनाएकी नेकपाकी केन्द्रिय सदस्य कोइरालाले अझै पनि महिला नेतृत्व सोच अनुरुप विकास हुन नसकेका बताउनुहुन्छ । तत्कालिन नेकपा माओबादी शान्ति प्रक्रियामा आए पछि गणतन्त्र सस्थागत भएको बताउदै महिलाहरुका अधिकार र उपस्थिीलाई नीतिगतरुपमा सुरक्षित गरिता पनि ब्यवहारमा कार्यन्वयन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । जिल्लामा एक सफल र उदाहरणीय महिला नृेतृको रुपमा कोइरालालाई लिने गरिन्छ ।

सविता रसाइली (उपमेयर)
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा उपमेयर रहेकी सविता रसाइली महिला र दलित समुदायको लागि एक प्रेरणादायि ब्यक्ति हुन । महिला र दलित समुदायका न्यायको लागि खरो रुपमा प्रस्तुत हुने रसाइली तत्कालिन नेकपा एमालेको राजनीतिमा १२÷१३ बर्षको उमेर देखि सामेल हुदै आएको बताउनुहुन्छ ।
कलिलो उमेरमा नै जीवन साथी गुमाउनुभएकी रसाइलीले समाज र सामाजिक संरचनाको धेरै नमिठा पक्षसँग प्रत्यक्ष साक्षतकार गर्नुभएको छ । नेतृत्वमा महिला सहभागिता प्राथमिकतामा नपर्ने समयमा दलित समुदायको प्रतिनिधित्व गर्नुभएकी रसाइलीले समाजले नेतृत्वका लागि सक्षम छु भन्ने बुझाउन कडा संघर्ष गर्नुभएको बताउनुहुन्छ । जीवनका असंख्य बाधा र अड्चनहरुलाई पन्छाएर अघि बढ्नुभएकी उहाँको जीवन र संघर्ष अध्ययन गर्न लायक छ ।

माया राना आले (गाउँपालिका अध्यक्ष)
तनहुँका १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिका एक हो, जहाँ महिलाको सफल नेतृत्व पाउन सकिन्छ । पुरुष प्रधान संरचना र मानसिकतालाई दवाउदै म्याग्दे गाउँपालिकाको अध्यक्ष बन्न सफल माया राना आले जिल्लामा एक सफल नेताको रुपमा चिनिनुहुन्छ ।
नेपाली काँग्रेसको राजनीतिमा सफल नेता स्व. ताराराज रानाको साथ पाएपछि राजनीतिमा चम्किनुभएकी आले महिलाहरु नेतृत्व तहमा पुग्न सके सफलता चुम्न सक्षम छन् भन्ने गतिलो उदाहरण हो । अन्याय र अत्याचार विरुद्ध निडर भएर लाग्ने र सकरात्मक परिवर्तनमा चट्टानी अडानका साथ उभिने आले समृद्ध म्याग्दे गाउँपालिका बनाउने अभियानमा हुनुहुन्छ । उहाँ गाउँपालिकामा अन्य स्थानीय तहभन्दा फरक र प्रभावकारी कार्य गर्दै आफ्नो नेतृत्वलाई ऐतिहासिक बनाउन प्रयत्नशिल देखिनुहुन्छ । संघर्षपुर्ण जीवनलाई ब्यवस्थीत गरेर नेतृत्वमा पुग्ने चाहाना राख्नेहरुका लागि माया राना आले अध्ययनको एक महत्वपुर्ण पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button