अर्थपूर्ण महिला सहभागिता, आजको आवश्यकता

आजभोली हाम्रो समाजमा कुनै समिति बनाउनु पर्यो भने ३३ प्रतिशत महिला सहभागिताको खोजि हुन्छ, बिषेश गरी कोषाध्यक्षमा महिला राख्ने चलन लगभग परम्परा जस्तो भैसेकेको छ, यसरी साना उपभोक्ता समितिको गठन देखि विभिन्न संघ संस्था र समितिका कार्य समिति गठन गर्दा अनिवार्य महिला सहभागिता आवश्यक पर्ने हुनाले भेलामा उपस्थित नभएता पनि फलानाको श्रीमती, वुहारी, छोरी वा कसैलाई राख्दीमा भनेर यत्तिकै पनि राख्ने चलन छ । यो महिला सहभागिताको नाममा देखावटी मात्र हुने सवैलाई थहानै भएको कुरा हो । जसरी स्थानीय स्तरमा हुने यस्ता समितिमा अर्थहिन महिला सहभागिता गराईन्छ त्यसरीनै देशका अधिकांश स्थानमा महिला सहभागिता नाम मात्रको भएको उदारहण प्रशस्त भेटिन्छ । सहभागिताको नाममा हुने यस्ता नौटंकीहरु बन्द गरेर महिलामा क्षमता विकासका लागि कार्यक्रम ल्याउन सकिएर भने यो परम्परा सदाका लागि निरन्तर चलिरहन्छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अव नाम मात्रको व्यानर र भेला, सभा, समारोह तथा ¥याली गर्नुको सट्टा महिला सहभागितालाई कसरी अर्थपूर्ण वनाउन सकिन्छ भन्ने तर्फ गहन अध्ययन र विश्लेषण गरी सक्षम र सवल नारी सहभागि तथा नीतिगत व्यवस्थाका लागि सम्वन्धित स्थानमा आवाज उठाउनु आवश्यक छ ।

विगतका बर्षहरु झै यस बर्ष पनि ८ मार्चका दिन १११ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२१ मनाउन लागिएको हो । यस वर्ष ध्यmबल ष्ल ीभबमभचकजष्उस् ब्अजष्भखष्लन बल भत्रगब िागतगचभ ष्ल ब ऋइख्क्ष्म्–ज्ञढ ध्यचमि भन्ने अन्तर्राष्ट्रिय नारा र महिलाको सुरक्षा, सम्मान र रोजगार ः सम्बृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।

कोरोना भाईरसका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै महिलाहरु प्रभावित भएको यस अवस्थामा नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागितालाई केन्द्रित गरेर नारा तय गरिएको छ । कोराना महामारीको समयमा अग्रपंक्तिमा रहेर कोरोनाको कहर व्यहोरेका वा कोरोना विरुद्धको अभियानमा खटेका महिलाहरुको भूमिकाको स्मरण गरिनुका साथसाथै यसरी खटीने महिला स्वास्थ्यकर्मीहरुलाई पुरुषको तुलनामा कम पारिश्रमिक उपलब्ध गराएको तथ्याङ्कलाई स्मरण गर्दै समान काम र सहभागिताका लागि महिला र पुरुष विचको विभेद अत्य गर्नुपर्दछ भन्ने सवाल समेत यस अन्तराष्ट्रिय नाराले अगाडी ल्याएको हो । यसरी विश्वव्यापी रुपमा कोरोना भाईरसले विभिन्न क्षेत्रमा पु¥याएको असरको लेखाजोखा गरी महिलामा परेको प्रभावलाई कसरी व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नु पनि नाराको अर्को उद्देश्य हो । महिला हिंसाबाट मुक्त भई आधुनिक विश्व परिवेशमा पुरुष सरह समान अधिकार र अवसरहरुको उपयोग गर्दै प्रतिश्पर्धात्मका ढङ्गले अगाडी बढ्ने गरी दिगो प्रगतिका लागि शसक्त भुमिकाको खोजी गर्ने माध्यमको रुपमा मार्च ८ को दिनलाई लिनु पर्दछ । नेपालको सन्दर्भमा महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नारा तय भएको हुँदा अर्थपूर्ण महिला सहभागिले मात्र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ भन्ने अर्थ यस नाराले राखेको छ ।

औेपचारिकताको लागि महिलाहरुको संख्यात्मक उपस्थिति जनाईने परिपाटी र परम्परालाई चुनौति दिदै हामी आम महिलाहरुमा क्षमता विकास गरी नीति निर्माण तहमा सवल उपस्थिति नहुदा सम्म पुरुष प्रधान नेतृत्वले महिला हक अधिकारको बारेमा गरेका निर्णय र ऐन कानुनले महिलामाको समग्र विकासमा अपेक्षित उपलब्धि हासिल होला भनेर सोच्नु निरर्थक छ । आरक्षणको नाममा महिला कोटाको व्यवस्था गरी गरिने सहभागिता र त्यसबाट छानीएर जाने महिला स्वयं कमजोर देखिदा महिला सहभागिता एवं सक्षमता माथि प्रश्न चिन्ह समेत उब्जिएको छ । यसरी हुने जवरजस्त सहभागिताले महिला नेतृत्व र सहभागिताको खास अर्थ राख्नु भन्दा जन हेपिने र कमजोर वर्गको रुपमा लिने वातावरण सृजना हुन गएको देखिन्छ । अहिलेको संसदको उपस्थिति र महिलाको प्रस्तुतीमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउने व्यङ्गले जवरजस्ती रुपमा गराईएको महिला सहभागिताको परिणामलाई गिज्याईरहेको अनुभुत गर्न सकिन्छ । स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुले आफ्नो श्रीमानको भर पर्नु पर्ने, संसदमा सहभागि माननीयहरु कापीमा लेखेको पढ्दा पनि झुक्कीएर हासोको पात्र बन्नु पर्ने जस्ता सवै कमजोर प्रतिनिधित्वको असर समग्र सक्षम महिला माथि पनि पर्न जाने हुँदा अवको सहभागिता पुरुषसँग प्रतिश्पर्धामा गई नेतृत्व प्राप्त सक्ने सक्षम र सवल महिला नेतृत्वको विकासमा जोड दिनु पर्ने देखिएको छ ।

१११ औ अन्तर्राष्ट्रिय महिला दिवसको यस अवसर पारेमा हामी सम्पूर्ण महिलाहरु आफूलाई कसरी सक्षम र सवल वनाउन सकिन्छ, राष्ट्रिय तथा स्थानीय स्तरको नीति निर्माण तहमा महिला सहभागितालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने तर्फ आवश्यक कार्ययोजना वनाएर अगाडी बढ्न एकताबद्ध हुनु जरुरी देखिएको छ । महिलाले नेतृत्व समालेको हरेक क्षेत्रलाई सफल बनाउन हामी आफू सक्षम हुनुपर्दछ , अधिकारको नाममा प्राप्त अवसरहरुको उचित व्यवस्थापन गर्न सकिएन र कुनै एक महिला नेतृत्व कमजोर भयो भने यसले समग्र महिला नेतृत्व माथि प्रश्न चिन्ह खडा गर्दछ । त्यसका लागि महिलाहरुलाई प्राप्त अधिकार र जिम्मेवारीको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिताको आभाष दिलाउन हामी तल्लिन हुनु जरुरी छ ।

महिला पुरुष विभेदको अन्त्यका लागि महिला र पुरष विचको सहकार्य पनि उत्तिकै आवश्यक छ, अधिकारको नाममा अस्वभाविक कुराहरु गरेर मात्र हुदैन त्यसका लागि दुवै पक्षको उत्तिकै सहभागिता र सहयोगको जरुरी पर्दछ त्यसकारण हरेक परिस्थितिको सामना गरी त्यसको व्यवस्थापन गर्न गर्ने सक्षम र सबल महिला नेतृत्वको विकास गरी अर्थपूर्ण महिला सहभागिताका लागि हामी सबैले आ आफ्नो क्षेत्रबाट पहल गरौ १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना ।
(लेखक कुश्मावती आधारभुत विद्यालय,सेराटार तनहूँकी प्रधानाध्यापक हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button