गाउँपालिकाद्वारा एकल महिला सम्मानित

 म्याग्दे । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सोमबार एकल महिलालाई रातो टीका र रातो पछ्यौराले सम्मान गरेको छ । सो अवसरमा पालिका भित्र रहेका दुई सय २७ जना एकल महिलालाई रातो पछ्यौरा र रातो टीका लगाएर सम्मान गरिएको हो ।

रातो टिकाले सम्मानित हुँदा अधिकांश एकल महिला भावविह्वल भएका थिए । रातो टीका र रातो पछ्यौरा ओढ्ने कार्य गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाबाट शुरुवात गरिएपछि सहभागि महिलाहरु थप उत्साहित भएका थिए ।

अमाजु र जेठानी दिदी बाट जब रातो पछ्यौरा ओढिन मञ्चमै आँसुको धारा बगाउन थालिन । समाजलाई पुरानो रुढीबादी परम्परा र संस्कारबाट माथि उकास्न कार्यक्रमको आयोजना गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सयौं एकल महिलालाई जुटाएर क्रान्तिको अवधारणा ल्याएर स्वयं अध्यक्षकै आँखाबाट आँसु बग्न थालेपछि कार्यक्रममा उपस्थित अधिकाँश महिलाहरुमा रुवाबासी नै चलेको थियो । कार्यक्रम निकै भावनामा बग्दै गर्दा महिला मात्रै नभई पुरुष समेत भावुक बन्न पुगेका थिए ।
गाउँपालिकाले सांच्चिकै नयाँ क्रान्तिको थालनी गरेकोले निकै खुशी लागेको रातो पछ्यौरा ओढेपछि म्याग्दे– ५ कि पदम माया थापाले बताए । म अहिले ४८ बर्षको भएँ उनले भने ‘२६ बर्षको उमेरमा श्रीमानको मृत्युु भए पछि एकल महिलाको रुपमा घरमै एउटा छोरा र छोरी हुर्काइ,पढाइ सक्षम बनाउन सकेको छु । ’

एकल महिला भनेपछि समाजका केही मानिसले अर्कै दृष्टिकोणले हेर्ने, स्वतन्त्र रूपमा जीवन चलाउँदा पनि नकारात्मक कुरा गर्ने,अनेक टिकाटिप्पणी गर्ने लगायतका समस्या अझै पनि समाजमा ज्यूँका त्यूँ रहेकोले यसको अन्त्य गरिनुपर्ने म्याग्दे– ३ की २१ बर्षीय अन्जु थापाले दुखेसो पोखिन ।

एक बर्ष अघि आफ्नो श्रीमानको बैदेशिक रोजगारिको सिलसिलामा मृत्युु भए पछि रातो नलगाई बस्दै आएपनि सधैं यसरी बस्नु हुँदैन भन्ने मनमा आएकोले आजबाट रातो पछ्यौरा र टीका लगाएको बताईन ।

सुत्केरी महिलालाई प्रोत्साहन रकम बितरण ः

गाउँपालिका कार्यालयले अस्पतालमा सुत्केरी गराएका सुत्केरी महिलालाई प्रोत्साहन बापत रु.तीन हजारका दरलेका बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । उनका अनुसार ३७ जना महिलालाई रु.तीन हजारका दरले कूल रु.एक लाख एघार हजार बितरण गरिएको हो ।

नारी दिवसको अवसर पारेर आयोजना गरिएको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिताका बिजेता उपविजेता टिमलाई सोहि अवसरमा पुरस्कार बितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button