आहुतीको पार्टीमा तनहुँ अध्यक्ष बने मजकोटी

 दमौली । बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले तनहुँमा संगठन विस्तार गरेको छ । विहीबार दमौलीमा सम्पन्न भएको भेलाले तिर्थलाल मजकोटीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।

क्रान्तिकारी र बौद्धिक नेताको रुपमा छवी बनाएका विश्वभक्त दुलाल आहुतीले नेतृत्व गरिरहेको पार्टीको तनहुँ जिल्ला कमिटीकोसह संयोजक सन्जित दवाडि, सचिवमा ननिता दवाडि, संगीता खड्का, मोति दुरा, शुभाष बिक, प्रकाश कौशल, सुरेन्द्र मौरती, शिव अच्छामी, प्रेम मजाकोटी, इश्वर परियार, शोभा रोक्का, कोपिला दबाडी, कासिन्द्र राम, तिर्थ बहादुर परियार, मीन बहादुर दबाडी, कमल पुर्कोटी, बिशाल मग्राती, निरु शाहि सदस्यहरु रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य एवं प्रदेश संयोजक राजकुमार हिङमाङले बैज्ञानिक समाजवादी क्रान्ति बेगर समाजको पिंधमा रहेको श्रमजीवी जनता दलित, महिला, जनजाती, मधेसी लगायत बर्ग समुदायको मुक्ति नहुने दावि गरे ।

उनले पुराना कम्युनिष्ट पार्टी र नेताहरुबाट समाज परिवर्तन हुन नसक्ने समेत ठोकुवा गरेका थिए । सोही भेला मार्फत सुवास बि क को संयोजकत्वमा जात व्यवस्था उन्मुलन मोर्चा तनहुँको जिल्ला समिति समेत गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button