नेपाली चलचित्र ‘श्रृजना’ को सुटिङ प्याक अप भएर धमाधम सम्पादन हुँदै ।

मिलन विश्वकर्मा, चैत्र ६ | नेपाली चलचित्र ‘श्रृजना’ को सुटिङ प्याक अप भएर धमाधम सम्पादन भईरहेको छ । मनाहरी मकवानपुरबाट क्यामेरा ‘अन’ भएको चलचित्रको छायाँकन मकवानपुर कै विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको निर्देशक बाबु थिङले जानकारी दिए ।

क्रियसन स्टुडियो प्रा.लि.को प्रस्तुतिमा निर्माण भई रहेको चलचित्र ‘श्रृजना’ मा पुरानो कलाकारहरु किशोर खतिवडा, बिरेन, सबिता, प्रेक्षा, राम चन्द्रा अधिकारी (गोप्ते काजी), सुभास गजुरेल, रमेश अधिकारी, केदार दवाडी, बिन्दा थिङ र सन्ध्या शाह लगायत मकवानपुरका अन्य कलाकारको पनि अभिनय रहेको छ । स्थानीय समाजसेवी सन्देश कालाखेतीको पनि अभिनय र बिशेष सहयोग यस चलचित्रमा रहेको छ ।

सन्ध्या शाह निर्माता रहेको यस चलचित्रले अहिलेको समयमा पनि समाजमा कथित दलित वर्गसंग गरिने व्यवहार र छुवाछुत सम्बन्धि गरिने भेदभाव संबिधानमा मात्र लेखेर राखेर हुँदैन हामी आँफैले पनि समाजमा जागरण र प्रेरणा दिनु पर्छ भनेर एउटा व्यक्तिले कथित दलित केटीसंग माया प्रेम गर्दा समाजबाट र परिवारबाट हुने अपहेलना र जीवन संर्घष कसरी गर्नुपर्छ भन्ने कुरा ‘श्रृजना’ चलचित्र मार्फत देखाउन प्रयास गरिएको छ ।

सुनिल सिंहको छायांकन, द्वन्द निर्देशक राजु किरात, राजन महर्जनको कोरियोग्राफी, पटकथा ऋतु राज पाख्रिनको रहेको यस चलचित्रमा संगीत बिकाश चौधरीको र मुख्य सह-निर्देशक बिन्दा थिङ गरेका छन् ।

कला क्षेत्रमा २०४८ प्रवेश भई २०५८ साल देखी कला क्षेत्रलाई निरन्तरता दिदैँ नृत्य, द्वन्द र निर्देशक बिधामा काम गरिरहनु भएका निर्देशक थिङले नेपाली, तामाङ,भोजपुरी ,चौधरी, डोटेली, गुरूङ, मगर र सेलोभिजानमा अहिलेसम्मकै धेरै जातीय भाषाभाषीको चलचित्र निर्देशक गर्नु भैसकेको छ । भर्खरै मात्र छायांकन सकिएको नेपाली चलचित्र श्रृजनाको कथा, गित, सम्बाद र निर्देशक बाबु थिङले गर्नु भएको छ । चलचित्रलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण टिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button