नगेन श्रेष्ठको गीत “एक मौका” सार्वजनिक

मिलन विश्वकर्मा, चैत्र ८ |

गायक नगेन श्रेष्ठको “एक मौका” नामक बोलको गीत सार्वजनिक भएको छ । गत बुधवार नगेन श्रेष्ठको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको पप शैलीको यस गीतलाई दर्शक तथा स्रोताहरुले मन पराएका छन् ।

गितमा शब्द, कम्पोज र प्रस्तुती नगेनको आफ्नै रहेको छ । क्लास एक्स प्रेजेन्टेसनले उत्पादन तथा रेकर्ड गरेको यस गीतको भिडियोलाई सयुज पोख्रेल र आशिनले छायांकन तथा सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा शिल्पा थापा र पारस ठकुरीको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button