एस भोटसहित विष्णु अध्यक्षमा चयन

दुलेगौडा ।  सतप्रतिशत एस भोट प्राप्त गरि लायन विष्णुबहादुर राना बर्ष २०२१÷०२२ का लागि लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको चुनाव तथा होली मिलन कार्यक्रममा रानाले उपस्थित ३६ सदस्यहरुबाट एस भोट प्राप्त गरेका थिए ।

दुलेगौडा स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा भएको निर्वाचन मार्फत प्रथम उपाध्यक्षमा क्षेत्र बहादुर थापा, द्वितिय उपाध्यक्षमा कमल गैह«े निर्वाचित भए । उनीहरुले एस भोट पाएका थिए ।

यसैगरी क्लवको तृतीय उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठ, सचिवमा जिवन भट्टराई, कोषाध्यक्षमा सर्बसम्मत निर्वाचित भए । यसैगरी क्लव प्रशासकमा सागर महत, सह–सचिवमा सुरज राम्जाली, सह–कोषाध्यक्षमा राजु श्रेष्ठ, मेम्बरसिप चेयरपर्सनमा सागर महत, एलीआईएफ को–ओर्डिनेटर इश्वरकुमार श्रेष्ठ, क्लव सर्भिस चेयरपर्सनमा सन्तोष केसी सर्वसम्मत चयन भए ।

यस्तै टेल ट्वीस्टर किशोर खडका, पब्लीक रिलेसन अफिसर आशिष भट्टराई, रिर्पोटिङ अफिसर भरत ढकाल, टेम्मार विनिता विक, एजुकेशन डिरेक्टर सृजना राना, हेल्थ डिरिक्टर देवीभक्त राना, कल्चर डिरिक्टर गणेश श्रेष्ठ रहेका छन् । नवनिर्वाचित अध्यक्ष बिष्णु बहादुर रानाले आफ्नो कार्यकालमा गर्ने विभिन्न योजनाहरु सुनाउदै सबैको सहयोगको अपेक्षा गरे । फागुपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै एक आपसमा रङ् लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button